टाटा मोटर्सको सोरुममा ‘जनवरी फेष्ट’ कार्यक्रम

Advertisement

काठमाडौंः टाटा मोटर्स र यसको नेपालको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अंग्रेजी नयाँ वर्ष २०१८ को उपलक्ष्यमा ‘जनवरी फेष्ट’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रममा टाटा मोटर्सको थापाथलीस्थित आधुनिक सोरुममा शुक्रबारदेखि तीन दिनसम्म गरिने जनाइएको छ ।

‘जनवरी फेष्ट’ मा ग्राहकहरुले टाटा मोटर्सका नयाँ तथा आधुनिक डिजाइनका उत्पादनहरु जेष्ट, टियागो, टिगोर, हेक्जा, स्ट्रोम लगायतका गाडीहरु अवलोकन, टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्ज गर्न सकिने सिप्रदीले जानकारी दिएको छ ।

कार्यक्रमको विशेष आर्कषण गाडीको अवलोकनको साथ साथै इन्सुरेन्सको सुविधा, अन द स्पट फाइनान्को सुविधा, म्याजिक शो, मनोरञ्जनात्मक नृत्यहरु तथा खानाका परिकारहरुको मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।

यस अवधिमा गाडि बुकिङ गर्नेलाई आर्कषक उपहारको पनि व्यवस्था गरिएको भन्दै सिप्रदीले बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement