आरके गोल्छा ग्रुपले भित्रायो क्रिष्टल ब्राण्डका स्वीचगियर्सहरु नेपाली बजारमा

Advertisement

काठमाडौंः गोल्छा अर्गनाइजेशनअन्तर्गतको आरके गोल्छा ग्रुपले नेपाली बजारमा क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादनहरु भित्राएको छ ग्रुपअन्तर्गतको आरिहान्त कमर्शियललेले भारतीय बजारमा लोकप्रिय रहेको क्रिष्टल स्वीचगियर्सहरु औपचारिकरुपमा बुधबारदेखि बिक्री सुरु गरेको हो ।

आरिहान्तले विद्युतीय उपकरण अन्तर्गतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसैगरी, क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्राएको छ ।

अहिले बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको आरिहान्त कमर्शियलका महाप्रबन्धक विजय रायले दाबी गरे । उनले छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने बताए ।

साथै, कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफर्मर नेपाली बजारमा ल्याएको छ । सिएसपि (कम्लिट सेल्फ प्रोटेक्सन) प्रविधिका यी साधनले विद्युत महशुल न्युनिकरणमा सहयोग गर्ने र ट्रान्सफर्मरको आयुसमेत बढाउने दावी गरिएको छ । यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ ।

बजारमा आफ्नो उपस्थिति बलियो बनाउनका लागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने भन्दै आरके गोल्छा ग्रुपले आइएसओ ९००ः२०१५ मान्यताप्राप्त क्रिष्टल इलेक्ट्रिकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेको जानकारी दिएको छन् ।

Advertisement

Advertisement

Advertisement