राजनीतिक निकास खोज्न छोडेर प्रचण्ड देवघाट घुम्दै

Advertisement

चितवनः राजनीतिक निकास खोज्न छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धार्मिकस्थल घुम्न थालेका छन् । उनी पत्नी सीता र र छोरी रणुसँग धार्मिकस्थल देवघाटको भ्रमणमा समत बिताइरहेका छन् ।

एमाले र माओवादी केन्द्रसँग आस्ता राख्ने सर्वसाधारण जनता र कार्यकर्ताहरुले चाँडै पार्टी एकता र सरकार निर्माण गर्न आग्रह गरिरहेको बेला त्यसलाई बेवास्ता गर्दै पछिल्लो समयमा प्रचण्ड बारम्बार चितवन धाउँदै आउका छन् । देवघाट पनि चितवनसँग जोडिएको तनहुँको एक खण्ड हो ।

स्थानीय निर्वाचनमा काँग्रेससँग तालमेल गरेर र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग तालमेल गरेर माओवादीको बलियो अस्तित्व कायम गर्न सफल प्रचण्ड पछिल्लो समयमा काँग्रेसलाई प्रयोग गरेर एमालेसँग सत्ता बार्गेनिङ गर्दै आएका छन् ।

कम्युनिष्ट नेता भएकोले आफ्नो पैतृक धर्म नमान्ने प्रचण्डले आफ्नो बाबु र छोराको समेत काजकिरिया नगरे पनि पवित्र धार्मिकस्थल देवघाटमा गएर समय बिताउनुलाई धेरैले एमालेसँगको सत्ता बार्गेनिङको रुपमा लिएका छन् ।

प्रचण्डले देवघाटका विभिन्न धाम घुम्नुका साथै आश्रममा पुगेर त्यहाँ सञ्चालिन विद्यापिठ्का विद्यार्थीसँग भलाकुसारी गरेका थिए । साथै उनले देवघाटको गलेश्वर आश्रममा फागुन २ गतेबाट सुरु हुने विराट महायज्ञमा विषयमा पनि जानकारी लिएका थिए ।

Advertisement

Advertisement

Advertisement