हकप्रद सेयर जारीका लागि कुमारीको निवेदन सेबोनमा रोकियो

Advertisement

काठमाडौँ: कुमारी बैंकले पूँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

बैंकले १० बराबर २ अनुपातमा १०० रुपियाँ अङ्कित दरको १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि निवेदन दिएको हो । बैंकले हकप्रद सेयर जारी गर्नका लागि सेबोनमा पुस ४ गते निवेदन दिएको थियो ।

हकप्रदका लागि बैंकले विक्री प्रबन्धकको रुपमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

अहिले बैंकको चुक्तापूँजी पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार रहेको छ । हकप्रद जारी भएपछी राष्ट्र बैंकले दिएको ८ अर्वको चुक्ता पूंजीको सीमा पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement