ट्रम्पले आफ्ना पूर्वकर्मचारी ब्याननलाई भने - ह्वाइट हाउसबाट बाहिरिएपछि उनले मानसिक सन्तुलन गुमाएका छन्

Advertisement

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी गरेका छन् ।
हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता ’देशद्रोहपूर्ण’ र ’मुलुकविरोधी’ भएको उल्लेख गरिएको थियो । यसै बिषयलाई लिएर ब्याननको निन्दा गर्दै राष्ट्रपति ट्रम्पले जारी एक बक्तव्यमा भनिएको छ,, ”ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाएका छन् ।

एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको केही लिनुदिनु नरहेको र उनले ह्वाइट हाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रूपमा देखाउन सञ्चारमाध्यमहरूलाई सूचना चुहाएको बताए ।
ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रूपमा नै अस्वीकार गर्दै आएका छन् । यस विषयमा अमेरिकी विशेष संयन्त्रले अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement