गोली लागि घाइते भएका व्यावसायीको उपचारका क्रममा मृत्यु (अपडेट)

Advertisement

बुटवलः शुक्रबार विहान करिब ११ बजे तिर अज्ञात समुहद्वारा गोली लागी घाइते भएका ३८ वर्षिय फर्निचर व्यावसायी बसन्त पौडेलको उपचारको क्रममा मृत्य भएको छ । काठ मिलको व्यावसाय गर्दै आइरहेका उनको टाउकोमा चोट लागेको थियो ।

घाइते पौडेलको उपचारका क्रममा लम्बिनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । उनलाई ‘काठको अर्डर गर्नु छ’ भन्दै अर्डर टिप्न लाग्दा गोली हानियको बताइएको छ ।

घटनामा संलग्नको खोजिकार्य भइरहेको जनाइएको छ ।

अज्ञात समूहद्वारा व्यावसायीमाथि बुटवलमा गोली प्रहार

बुटवलः रुपन्देहीका फर्निचर व्यावसायीमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन् । रुपन्देही देवदह नगरपालिका भेकाबारमा भएको प्रहारबाट व्यावसायी बसन्त पौडेल घाइते भएका छन् ।

पौडेलको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । गोली चलाउनेको पहिचान भएको छैन भने गोली चल्नुको कारण पनि खुलेको छैन । घटनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही समयअघि बुटवलमै अज्ञात समूहको गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो ।

Advertisement

Advertisement

Advertisement