चितवन उद्योग संघको अध्यक्षमा दुवाडी

Advertisement

चितवन: चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन भएका छन् ।

संघको १८ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनअन्तर्गत बिहीबार शुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत चयन भएका हुन् । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष थिए ।

यस्तै छजना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीनजना एशोसियट्स सदस्यहरु सर्वसम्मत चयन भएका छन् । संघको छजना उपाध्यक्षमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

यसैगरी खुल्ला सदस्यमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज वस्ती, पोखरेल मदनचिरञ्जीवी, राशि लामा र जितबहादुर हमाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै वस्तुगततर्फ ताराबहादुर कार्की, एशोसियट्सतर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिए । यस्तै प्रिमियर एशोसियट्समा उम्मेदवारी नपरेकाले खुल्लाबाट पदपूर्ति गरिएको छ । खुल्लातर्फ प्रकाशचन्द्र भट्टराईले उम्मेवारी फिर्ता लिएका थिए ।

अब दुईजना सदस्य नयाँ कार्यसमितिले मनोनीत गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको छ । त्यससंगै संघको २५ सदस्यीय कार्यसमिति चयन गरिने छ ।

यस्तै संघको वरिष्ठ उपाध्यक्ष भने गभर्निङ काउन्सिलले चयन गर्नेछ । छजना उपाध्यक्षमध्ये एकजनालाई एक वर्षभित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement