हलमा ‘राज्जा रानी’ र ‘फिर्के’को भिडन्त

Advertisement

काठमाडौंः मधेसको दाइजो प्रथाको बिषयमा आधारित चलचित्र ‘राज्जा रानी’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । केकी अधिकारी र नाजिर हुसेन अभिनित चलचित्र नेपाली सहित मैथिली भाषामा पनि प्रदर्शनमा आउने छ ।

चलचित्रमा नायिका केकी अधिकारी, नायक नाजिर हुसेन सहित कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका यस चलचित्रमा रहेको छ । यम थापाको निर्देशन रहेको चलचित्रको निर्माता रमेश एमके पौडेल हुन् ।

साथै, शुक्रबारबाटै रवि डंगोलको निर्देशनमा तयार भएको अर्को चलचित्र ‘फिर्के’ पनि प्रदर्शनमा आएको छ । चलचित्रमा सुलेमान शंकर ‘इकु’, अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र गाउँबाट शहर पसेको एक यूवाको कथामा आधारित छ ।

Advertisement

Advertisement

Advertisement