काभ्रेका सगर, चण्डी र सूर्य ग्यासका उद्योग बन्द गर्न निर्देशन

Advertisement

काठमाडौंः काभ्रेमा शुक्रबार गरिएको अनुगमनपछि नेपाल नापतौल तथा गुणस्तर विभागले सञ्चालनमा रहेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । अनुगमनमा विभागको टोलीले जिल्लामा सञ्चानलमा रहेका सगरमाथा ग्यास उद्योग (सगर ग्यास), सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास)को उत्पादन र विक्रिमा रोक लगाएको हो ।

सरकारको गुणस्तर चिन्ह (एनएस) र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएको छ । उद्योगीहरुले भने गुणस्तर चिन्ह लिने प्रक्रियामा भएको दाबी गरेका छन् ।

साथै सरकारी निकायले उद्योग बन्द गर्दा नाकाबन्दीको जस्तै अभाव हुने तर्क गरेका छन् ।

Advertisement

Advertisement

Advertisement