राष्ट्र बैंकले आइतबार फेरि १० अर्ब बैकिङ प्रणालीमा पठाउने

Advertisement

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार फेरि १० अर्ब रुपियाँ बजारमा पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम अभाव भएको भन्दै केन्द्रीय बैंकले सोझै बोलकबोल खरिद विधिबाट बैंकहरुसँग भएको सरकारको विकास ऋणपत्र तानिरहेको छ ।

राष्ट्र बैंकले एक सातामै २५ अर्ब रुपियाँ बैकिङ प्रणालीमा पठाइसकेको छ । यो १० अर्ब सहित पछिल्लो समय विकास ऋणपत्र खरिद मार्फत ३५ अर्ब रुपियाँ बैंकिङ प्रणालीमा जानेछ ।

विकास ऋणपत्र सोझै बोलकबोल खरिद उपकरण मार्फत बजारमा पैसा पठाएर तरलता संकट समाधानको बाटोतर्फ केन्द्रीय बैंक अग्रसर भएको हो ।

Advertisement

Advertisement

Advertisement