कर्णालीको २२५ प्रतिशत हकप्रद माघ ११ गतेदेखि खुल्ने

Advertisement

काठमाडौं : कर्णाली विकास बैंकले २२५ प्रतिशत हकप्रद सेयर माघ ११ गतेदेखि बिक्री खुला गर्ने भएको छ । बैंकले १ः२.२५ अनुपातमा ३३ लाख ९७ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद सेयर फागुन १६ गतेसम्म भर्न सकिने बैंकले जनाएको छ ।
पुुस १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज, बाँके तथा यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिने जनाईएको छ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा तथा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

हाल बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपियाँ रहेकोमा हकप्रद बिक्रीपछि चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement