सेन्ट्रल फाइनान्सको ५० प्रतिशत हकप्रद खुला, माघ २८ सम्म आवेदन दिन सकिने

Advertisement

काठमाडौंः सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर आज (आइतवार)बाट बिक्री खुला गरेको छ । फाइनान्सले २ः१ को अनुपातमा २६ लाख तीन हजार ३१४ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

पुुस ३ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयर माघ २८ गतेसम्म भर्न पाउने फाइनान्सले जनाएको छ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौं तथा यसका शाखा कार्यालयहरु लगनखेल, ललितपुर तथा पोखरा चिप्लेढुंगाबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सेन्ट्रल फाइनान्सको मुख्य कार्यालय कुपण्डोल ललितपुरसहित शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी र धनगढी शाखाबाट पनि हकप्रद भर्न सकिनेछ ।

आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ । हाल सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी ५२ करोड छ लाख ६३ हजार रुपियाँ रहेकोमा हकप्रदपछि चुक्ता पुँजी ७८ करोड नौ लाख ९४ हजार २२२ रुपियाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेन्ट्रलले २१ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement