मौसम खराबीका कारण विमान छाडेर प्रचण्ड गाडीमा काठमाडौं आँउदै

Advertisement

काठमाडौंः देशभरको मौसममा एकाएक खराबी आएका कारण भरतपुर काठमाडौंको उडान हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ गाडीबाट काठमाडौं आएका छन् ।

यति एअरलाइन्सको पहिलो उडानबाट प्रचण्ड काठमाडौं आउन लागेका थिए । तर, बाक्लो हुस्सुका कारण विमानले उडान भर्न नसकेपछि प्रचण्ड गाडीको माध्यमबाट काठमाडौं आएका हुन । उनलाइृ भरतपुरकी मेयर तथा रेणु दाहालको गाडीले मुग्लिनसम्म र त्याहाँबाट प्रचण्ड आफ्नै गाडीबाट काठमाडौं आउनेछन् ।

उनी शुक्रबार भएको भरतपुर महानगरपालिकाको नगरपरिषद् बैठक उद्घाटनका लागि विहीबार अपरान्ह चित्वन गएका थिए ।

शनिबार विहानै काठमाडौं आउने भनिएता पनि मौसममा आएको खरावीका कारण शनिबार दिनभरि भरतपुरमा जहाज अवतरण गर्न नसकेपछि उनी आइतबार विहानमात्र काठमाडौं आउने कार्यक्रम बनेको थियो ।

गाडीबाट काठमाडौं आउन परेपछि आज हुने भनिएको प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीबीचको भेटघाटपनि अनिश्चित बनेको छ । प्रचण्ड चाँडै काठमाडौं आइपुगेमा भने भेटघाट हुन सक्ने सम्भावना रहेको जनाइएको छ । तर, बाटो खराबीका कारण काठमाडौं आइपुन ढिला हुने सम्भावना रहेको छ ।

Advertisement

Advertisement

Advertisement