सुशीलाको फैसला पराजुलीले धमाधम उल्टाउँदै, आइओएमका डीन शर्मालाई पदमा फर्कन आदेश

Advertisement

काठमाडौं: सर्वोच्च अदालतले आइतबार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम ) बाट बर्खास्तमा परेका डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज रिट जारी गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। शर्माको कार्यकाल ६ महिना मात्रै बाँकी छ ।

कार्यकाल सकिन ६ दिन बाँकी रहेको बेला सर्वोच्चको आदेशसँगै शर्मा पुनःवहाली हुन पाउने भएका हुन्।

चारवर्षअघि मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहितको मन्त्रीपरिषद् वैठकले २४ घन्टे अल्मिेटम दिएपछि शर्मालाई हटाइएको थियो।

२०७० माघ ८ मा डिनबाट बर्खास्त भएपछि शर्मा फागुन १ मा सर्वोच्च पुगेका थिए। डा. गोविन्द केसीको आन्दोलन पछि उनलाई डिनबाट हटाइएको थियो।

गत वर्ष फागुन १ मा सर्वोच्च पुगेका शर्माको रिटमाथि तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीले अन्तरिम आदेश नहुने आदेश दिएकी थिइन्।

Advertisement

Advertisement

Advertisement