वामदेवलाई परास्थ गर्ने काँग्रेस नेता भन्छन– मिलेर देशको विकास गरौं, अब समय खेर नफालौं

Advertisement

काठमाडौंः सिंचाई मन्त्री एवं कांग्रेस नेता सञ्जय गौतमले मुलुक अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको यात्रामा अघि बढेकोले सबैले हातमा हात र काँधमा काँध मिलाएर हिँड्नुपर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंैं महानगरपालिका वडा नम्बर २६ स्थित् त्रिवेणी जागरण समाजले आयोजना गरेको सम्मान कार्यक्रममा उनले भने, “निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्व र समृद्धितिर मुलुक अघि बढिसक्यो, अब विकास र समृद्धिको युग सुरु भयो, मुलुकमा विकासका लहरहरु आउनुपर्छ, सबै राजनीतिक दलहरुको ध्यान अब त्यतातर्फ जानुपर्छ ।”

एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा परास्त गरेका उनले वर्तमान सरकार छिट्टै सत्ता हस्तान्तरण गर्न आँतुर रहेको पनि सुनाए । सञ्जय गौतमले भने, “हामी सरकार छोड्न तयार छौं, राष्ट्रियसभाको निर्वाचनलगत्तै हामी सरकार छोड्छौं, हामी रहरले सरकारमा बसिरहेका छैनौं ।”

राजनीतिक परिवर्तनका नाममा धेरै समय खेर गएकाले अबको समय आर्थिक विकासमा खर्चिनुपर्ने गौतमको जोड छ । काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले विकास र समृद्धिका लागि सबै मिलेर जानुपर्ने बताइन ।

Advertisement

Advertisement

Advertisement