एमाले र माओवादी केन्द्रको बैठक आज, पार्टी एकता संयोजन समितिको बैठक भने मंगलबार

Advertisement

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ ।

हिजो साँझ सवा ६ बजे ओली निवास पुगेका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पु¥याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुख्य रुपमा पार्टी एकतालाई निष्कर्षमा पु¥याउनेबारे छलफल भएको बताए । उनले पार्टी एकतालाई निष्कर्षमा पु¥याउनै पर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै उनले त्यसका लागि सोमबार आआफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिए ।

अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पु¥याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनेबारे दुई अध्यक्षबीच सहमति भएको जानकारी दिए ।

अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा आज ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पार्टीका अध्यक्ष ‘वान टु वान’ (सहयोगी बिना) वार्तामा बस्नु भएको थियो । एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाने तय भएपछि त्यसअघि नै समझदारीको प्रयास स्वरुप भेटवार्ता भएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement