एशियन लाइफको ५० प्रतिशत हकप्रद विक्रीका लागि सेबोनको अनुमति

Advertisement

काठमाडौं: एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एसियनलाई २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

इन्स्योरेन्सको बिक्री प्रबन्धकको जिम्मा एनआएबीएल क्यापिटलले लिनेछ । वीमा समितिले तोकेको दुई अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हाल एसियन लाइफको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपियाँ छ । हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपियाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख २९ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement