कामना सेवा विकास बैंकको १५ प्रतिशत हकप्रद विक्रीका लागि सेबोनको अनुमति

Advertisement

काठमाडौँ: कामना सेवा विकास बैंकले १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । बैंकले १०ः१.५ अनुपातमा ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।

यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । हकप्रद बिक्री गर्न बैंकले माघ ३ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, अब माघ २ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न सक्नेछन् ।

हाल कामनाको चुक्ता पुँजी २ अर्ब ५ करोड ८२ लाख २१ हजार रुपियाँ रहेकोमा यो हकप्रद बिक्री गरिसकेपछि २ अर्ब ३६ करोड ७६ लाख ३६ हजार रुपियाँ पुग्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement