एयर एसियाले सेवा शुल्क बापतको १० करोड आज बुझाउँदै

Advertisement

काठमाडौंः मलेसियाको अन्तराष्ट्रिय विमान कम्पनी एयर एसियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सेवा शुल्क बापतको २३ करोड बक्यौतामध्येको १० करोड रुपियाँ आज बुझाउँदै छ भने दुई करोड रुपियाँ आइतबार बुझाइसकेको छ ।

कम्पनीले आइतबार दुई करोड र सोमबार १० करोड रुपियाँ बुझाएपछि तिर्न बाँकी रहने रकम प्रत्येक महिना तीन करोड रुपियाँका दरले तिर्दै जाँने लिखित समझौता समेत गरेको जनाइएको छ ।

एयर एसिया एक्सले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण ल्यान्डिङ र विसान पार्किङ शुल्क, हवाई परिवहन सञ्चार परिवहन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि तिरेको थिएन ।

पछिल्लो पटक त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक तथा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसियासहित दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले अर्बौं बक्यौता चुक्ता नगरेको विषयमा छानबिन समिति गठन गरी बक्यौता असुलीमा काम गरेपछि वायुसेवा कम्पनीले रकम तिर्न थालेका हुन् ।

Advertisement

Advertisement

Advertisement