फर्निचर महासंघ अध्यक्षमा गिरी

Advertisement

काठमाडौंः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको हो ।

महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्ण ढकाल, तृतीय उपाध्यक्षमा सुजिल श्रेष्ठ, महासचिवमा कविन्द्र जोशी, कोषाध्यक्षमा ओम दाहाल, सचिवमा गोकुल श्रेष्ठ, सहसचिवमा खगेन्द्र केसी सर्वसम्मत चयन भएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement