प्रधानन्यायाधीशको राजीनामा माग गर्दै केसी १४औं अनसनमा

Advertisement

काठमाडौंः त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले १४औं आमरण अनसन सुरु गरेका छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेका हुन ।

पराजुली नेत्तृत्वको इजलासले डीन डा शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि केसीले अनसनको घोषणा गरेका हुन । केसीले सोमबार ४ बजेबाट अनसन बस्ने जनाएका छन् । डा केसीले पत्रकार सम्मेलन गरेर प्रधानन्यायाधीश पराजुलीलाई एक भ्रष्ट र माफियाको आरोप लगाएका छन् ।

डा केसी भन्छन् ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’ ।

उनी पाँच बुँदे माग राख्दै अनसन थालेका डा केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै पराजुलीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement