नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ र वीमा समूहले टिकायो बजार

Advertisement

काठमाडौँ: सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक १२ अंकले बढेर एक हजार ४ सय ४३ दसमलव ८० अंकमा कायम भएको छ ।

आइतबार नेप्से ७ दसमलव ९७ अंकले बढेर एक हजार ४३१ दसमलव ८० अंक रहेको थियो । सोमबार हिजोभन्दा सेयर कारोबारमा १० करोडले वृद्धि भएको छ । आज सेयर बजारमा ४६ करोड ४६ लाख ३९ हजार ८२० रुपियाँ कारोबार भए । आज बिशेष गरी वीमा, अन्य र बैंकिङ समुहका कारोबार राम्रो हुँदा नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको हो । बीमा समूहमा १२२ दसमलव १६ प्रतिशतको बृद्दी देखिएको छ जसमा १४ करोड ८४ लाखमाथिको सेयर कारोबार भएका छन् । त्यस्तै, अन्य समूहको परिसूचक १२ दसमलव ७६ प्रतिशतले बढ्दा एक करोड ७५ लाख ५४ हजार ५०० रुपियाँका सेयर कारोबार भए ।

त्यस्तै, बैंकिङ समुहको परिसूचक ९ दसमलव ०५ प्रतिशतले बढ्दा कूल १७ करोड ५९ लाख ३१ हजार रुपियाँका सेयर कारोबार भए ।

क वर्गहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ ईण्ड्क्स २ दसमलव ७९ अंकले बढ्दा तीन सय चार दसमलव १८ अंकमा कायम भयो ।

आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भयो । उसको ८ करोड २६ लाखबढी रुपियाँको सेयर कारोबार भयो ।

आज होटेल समूहबाहेक सबै समूह हरिया रहे ।

 

Advertisement

Advertisement

Advertisement