नेइमार विश्वकै ‘मोस्ट भ्यालुयबल प्लेअर’ बन्दा मेस्सी र रोनाल्डोको स्थिति यस्तो छ

Advertisement

एजेन्सीः सिआइइएस फुटबल अबजर्भेटरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेइमार जुनियर विश्वको मोस्ट भ्यालुएबल प्लेअरको र्शीष स्थानमा रहेका छन् ।

छब्बिस वर्षीय ब्राजिलीयन स्टार नेइमारको भ्यालु एक सय ८८ मिलियन पाउण्ड रहेको जनाइएको छ । सिआइइएसले प्रत्येक वर्षको जनवरीमा प्रकाशित गर्ने प्रतिवेदनमा मेस्सी भ्यालुयबलको सुचीमा दोस्रो स्थानमा परेका छन् । उनलको भ्यालु एक सय ७८ मिलियन पाउण्ड रहेको छ ।

साथै, तेस्रो स्थानमा इंग्लिस क्लब टोटनह्यामका ह्यारी केन परेका छन् । उनको भ्यालु एक सय ७२ मिलियन पाउण्ड छ । तर, रियल मड्रिडका ३२ वर्षीय र्पोचुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने ७१ मिलियन पाउण्ड भ्यालुका साथ सूचीको ४९औं स्थानमा छन् ।

पीएसजीकै केलियन एम्बाप्पे एक सय ७० मिलियन पाउण्ड भ्यालुका साथ चौंथो स्थानमा परेका छन् ।

Advertisement

Advertisement

Advertisement