आहा-रारा गोल्डकप प्रतियोगिताको पुरस्कार राशिमा वृद्दि

Advertisement

पोखराः सहारा क्लब पोखराले पोखरा रंगशालामा आयोजना गर्दै आएको आहा रारा फुटबल कप प्रतियोगिताको पुरस्कार राशिमा वृद्दि गरेको छ । हिमश्री फड्सको प्रायोजन रहेने १६औं संस्करणको प्रतियोगितामा आयोजकले विगतको पुरस्कार राशि भन्दा वृद्दि गरेको हो ।

प्रतियोगिताको विजेताले यस वर्ष सात लाख एक हजार रुपियाँ र उपविजेताले तीन लाख ५१ हजार रुपियाँका साथ ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्षको विजेताले पाँच लाख एक हजार रुपियाँ र उपविजेताले दुई लाख ५१ हजार रुपियाँ पाएका थिए । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने क्लबले जनाएको छ ।

प्रतियोगितामा भाग लिने टोलीमा मनाङ मस्र्याङ्दी, एपिएफ क्लब, संकटा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब (भारत), रमपम झापा ११, उत्तर वरिन्धारा क्लब (बंगलादेश), त्रिभुवन आर्मी, नेपाल पुलिस, धरान फुटबल क्लब, सुदूरपश्चिम–११, थ्री स्टार र आयोजक सहारा क्लब छन् ।

Advertisement

Advertisement

Advertisement