पौष्टिक तत्वका लागि खोजीखोजी खानुहोस् यी ७ आहार

Advertisement

काठमाडौंः शरीर स्वस्थ राख्नको लागी र बिरामीबाट बच्न पोषणको आवश्यक हुन्छ । यसकारण हरेक दिन हामीले विभिन्न आहार सेवन गर्नुपर्दछ । जसमा भिटामिन, प्रोटिन, फाइबर, आइरन, क्याल्सियम जस्ता तत्वहरु पाइयोस् । त्यसैले नछुटाइ खानुहोस् यी आहार

१) दहि

dahi


दहिमा भिटामिन, क्याल्सियम, प्रोटिन लगाएतका पौष्टिक तत्व पाइन्छ । यसले दिलको बिरामी, ब्लड प्रेसर लगाएतका रोगबाट बच्न सक्ने क्षमता शरीरलाई प्रदान गर्छ । रगतमा हुने कोलेस्टोर नामक घातक पदार्थ बढ्नबाट रोक्छ र दहिमा पाइने क्याल्सियमले हड्डीको विकास गर्छ ।

२) अण्डा

anda
वास्तवमा अण्डा पौष्टिक तत्वले भरीएको खाने कुरा हो । अण्डामा प्रोटिन, भिटामिन, मिनरल्स, आइरन र क्याल्सियम जस्ता तत्व रहेको हुन्छ । जसले हड्डीलाइ बलियो बनाउनका साथ आखा तेजीलो र स्मरण शक्तिमा वृद्दि गर्न मद्दत गर्छ ।

३) किसमिस मसला

masala-kismis
काजु, बदाम ,ओखर, किसमिसले शरीरको प्रतिरोधक क्षमतालाई बढाउदै आवश्यक पोषण दिन्छ । यसमा भरपुर मात्रामा प्रोटीन, फाइबर र भिटामिन पाइन्छ र शरीरको मोटोपन घटाउन मद्दत गर्दछ ।

४) किवि

Kiwi-Fruit
किविमा फाइबर, भिटामिन ए, र डि जस्ता पौष्टिक तत्व पाइन्छ जसको सेवनले शरीरको रोग प्रतिरोधक क्षमता वृद्दि गर्दछ । यो एउटा यस्तो फल हो जसमा धेरै पोषण रहेको हुन्छ । किविलाई सलाद, डेजर्ड र खानाका रुपमा प्रयोग गर्न सकिन्छ ।

५) गाजर

gajar
गाजरमा भिटामिन ए, बी, सी, क्याल्सियम, प्रोटिन र फाइबर पाइन्छ । यसले कोलेस्टोरको मात्रालाइ कम गरी मोटोपन हुन नदिन मद्दत गर्छ । जाडो मौसममा गाजरको जुस पिउनाले चिसो लाग्दैन । गाजरको जुसले पाचन शक्ती बढाउने काम गर्नुका साथै छालामा चमक ल्याउछ ।

६) शखरखण्ड


यसमा आइरन, फोलेट, भिटामिन, म्यागनीसीयम आदि पाइन्छ । शखरखण्डको सेवनले छालामा चमक ल्याउनुका साथै अनुहारमा चाउरीपना आउदैन ।

७) ब्रो काउली


यसमा फाइबर, भिटामिन ए, सी र क्याल्सियम पाइन्छ । यसले मोटोपन कम गर्नुका साथै मुटु स्वस्थ रहन मद्दत गर्दछ । क्यान्सर जस्तो खतर्नाक रोग लाग्नबाट बचाउछ ।

एजेन्सीको सहयोगमा

Advertisement

Advertisement

Advertisement