बहस हुन नसकेपछि डा केसी आज पनि हिरासतमै बस्ने

Advertisement

काठमाडाैं: अदालतको अवहेलना मुद्दामा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको बयान सकिएपनि आज बहस नसकिएकोले उनलाई मंगलबार पनि हिरासत मै राखिने भएको छ ।

सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे अदालतमा लागिएको थियो तर ढिलो गरी उनको बयान लिइएको थियो त्यसैले उनको मुद्दामा आज बहस हुन सकेन, अधिबक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

आज डा. केसीको न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

डा. केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिने छ ।

Advertisement

Advertisement

Advertisement