भारतलाई देखाउँदै सिमेन्टमा मूल्यवृद्धि, दर्जनौ कारण प्रस्तुत

Advertisement

काठमाडौंः नेपाल सिमेन्ट उत्पादक संघले करिव एक महिना अघिबाट भारतीय नाका हुँदै आउने सिमेन्टको कच्चा पदार्थ क्लिङ्कर लगायतको आयातमा अवरोध र अन्य कारणले उत्पादन लागत वृद्धि हुन गई विगत केही हप्तादेखि बजारमा सिमेन्टको मुल्यमा वृद्धि हुन गएको तर्क प्रस्तुत गरेको छ ।

संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भारतबाट आयात गरिएको क्लिङ्करमा अत्याधिक मात्रामा वृद्धि भएको, भारतको मध्य प्रदेशवाट ट्रकमा क्लिङ्कर, फ्लाई आस र जिप्सम् ढुवानी गर्दा भाडा वृद्धि हुन गएको र ट्रकको अभावले नेपालमा सिमेन्टको मूल्य वृद्धि हुँदै गरेको तर्क गरेको छ ।

संघले जारी गरेको विज्ञप्तिमा डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बढेको, कोइलाको मूल्य ७६ अमेरिकी डलर प्रति टन रहेकोमा हाल वृद्धि भएर ११८सम्म पुगेको, भारतमा क्लिङ्करमा भएको मुल्य वृद्धि र सिमा क्षेत्र रक्सौलमा क्लिङ्कर अनलोडमा भइरहेको विवादका कारण पर्याप्त मात्रामा कच्चा पदार्थको अभावमा पूर्ण क्षमतामा उद्योग संचालन हुन नसक्दा उत्पादन लागत बढन गई मुल्य वृद्धि हुन गएको उल्लेख गरेको छ ।

भारतमा क्लिङ्कर उत्पादनमा पेट ककको प्रतिवन्ध लगाइएको र कोइलाबाट उत्पादन गर्दा लागत मुल्यवृद्धि भएकोले भारतीय उद्योगले क्लिङ्करको मुल्य वढाइएको, भारतीय रेल्वेबाट आयात हुने क्लिङ्करको आयात रोकिएको तथा अन्तर्राष्ट्रिय बजारमा कोइलाको मुल्य प्रति मेट्रिकटन अमेरिकी डलर ७५ बाट करिव ५० प्रतिशतले वृद्धि भई प्रति मेट्रिकटन ११० डलर पुगेको तथा कलकत्ताबाट नेपालसम्मको ढुवानी लागत समेत बढन गएको संघले जनाएको छ ।

संघले भारतबाट कच्चा पदार्थ लिई आउने ट्रकहरु भारतर्फको झण्डै २४÷२५ किलोमिटरसम्म ट्रकको लाईन लाग्दा डिटेन्शन चार्ज बढन् गई उत्पादन लागतमा वृद्धि हुन गएको भन्दै ट्रक समितिहरुको अबैध आलोपालो प्रथा र हालै पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका कारण ढुवानी भाडा अत्याधिक वढन गई उपभोक्ता मुल्यमा वृद्धि हुन गएको जनाएको छ ।

हाल भारतबाट ट्रकमा आयात हुने कच्चा पदार्थ क्लिङ्कर, जिप्सन, स्लाग, कोइला जस्ता औद्योगिक कच्चा पदार्थहरुलाई उद्योग रहेको स्थानसम्म निर्वाधरुपमा आयात गर्दा ओभरलोड निषेधित गरेका कारण पनि मुल्य वृद्धि भएकोे उसको भनाई छ ।

संघले पछिल्लो पटक उद्योग क्षेत्रमा घोषितरुपमा लगातार छ घण्टासम्म विद्युत कटौती हुने र अघोषित रुपमा थप १–२ घण्टा विद्युत आपूर्तिमा कमि हुन गई वैकल्पिक रुपमा इन्धनको प्रयोग गर्दा मुल्य लागत बढन गएको भन्दै मुल्य वृद्धि गर्ने विधि र प्रक्रिको सम्वन्धमा खुल्ला बजार नीति अनुरुप रहेको, कच्चा पदार्थको मुल्यमा हुने वृद्धिका साथै समय समयमा हुने विभिन्न किसिमका बाधा व्यवधानका कारण अप्रत्याशित रुपमा लागत मुल्यमा वृद्धि भई मुल्यवृद्धि हुन जाने र मुल्य वृद्धिका सम्वन्धमा उत्पादन लागत मुल्यबाहेक अन्य किसिमको कुनै प्रक्रिया नरहेको तर्क प्रस्तुत गरेको छ ।

Advertisement

Advertisement

Advertisement