टुरिजम डेभलपमेन्ट बैंकको ग्रामथान र दमकमा नयाँ शाखा

Advertisement

काठमाडौंः टुरिजम् डेभलपमेन्ट बैंकले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा मोरङको ग्रामथान र झापाको दमकमा शाखा विस्तार गरेको छ । यही गएको आइतबार यी शाखाहरुको उदघाटन गरिएको सो बैंकको विज्ञप्तिमा उल्लेख छ ।

दुवै नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन । यी नयाँ शाखासँगै टुरिजम् डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ३५ पुगेको छ । त्यसबाहेक बैंकको चार एक्सटेन्सन काउन्टर छन् । निकट भविष्यमा थप एक शाखा र एक एक्सटेन्सन काउन्टर थप्ने सो बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement