इएफल कपमा म्यानचेस्टर सिटीसँग ब्रोस्टोल २-१ ले पराजित

Advertisement

एजेन्सीः म्यानचेस्टर सिटीले इएफएल कपको पहिलो सेमिफाइनल अन्तर्गतको खेलमा विजयी भएको छ । सिटीले ब्रोस्टोल सिटीलाई २-१ गोलले पराजित गर्दै संघर्षपुर्ण जित हात पारेको हो ।

ब्रोस्टोलले पहिलो हाफमा उत्कृष्ट खेल्दै सुरुवाती अग्रता लियो । पाएको पेनाल्टीको सदुपयोग गर्दै बोबीले टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले पछि परेको सिटीलाई दोस्रो हाफको १० मिनेट नवित्दै केविन डि ब्राउनले बराबरी गोल फर्काए ।

निर्धारित समयसम्म पटक पटक प्रहार गरेको सिटीका लागि ब्रोस्टोलका खेलाडीहरु बाधक बनिरहेपछि १–१ को बराबरीमा सकिएको खेलको इञ्जुरी समयमा गोल गर्दै सर्जियो अग्युरोले सिटीलाई २–१ को महत्वपूर्ण जित दिलाए ।

म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको ब्रिस्टोल सिटीले सेमिफाइनलको दोस्रो लेगमा जनवरी २३ मा सिटीको सामना गर्नेछ ।

Advertisement

Advertisement

Advertisement