श्री इन्भेष्टमेन्टको हकप्रद सेयर माघ १५ देखि खुल्ने

Advertisement

काठमाडौंः श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० बराबर ८ दशमलव ३ को अनुपातमा २८ लाख ६८ हजार २६५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले माघ १५ गतेदेखि उक्त परिणामको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको हकप्रदको लागि फागुन २० गतेसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

पुस २९ गतेसम्म शेयर खरिद गर्ने लगानीकर्ताले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement