नेपाल इन्स्योरेन्सले ४.५३ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौंः नेपाल इन्स्योरेन्स कम्पनीले ४ दशमलव ५३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि सात लाख नगद लाभांस पनि दिने निर्णय गरेको छ ।

कम्पनीले एक सय प्रतिशत हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमती मागेको छ । कम्पनीले बोनस सेयरका लागि एक करोड ६१ हजार ४४८ रुपियाँ खर्च गर्नेछ ।

बोनस सेयर र हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपियाँ मात्र पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement