'हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव, क्षेत्रीय अखण्डता मक्किँदै छ'

Advertisement

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको भन्दै चिन्ता जनाएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले भावनात्मक शब्दहरु खर्चिंदै देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताप्रति चिन्ता जनाएका हुन ।

उनले देश भनेकै मानव समाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप होे भन्दै देश रहे मात्र हामी र हाम्रो धर्म, संस्कृति, परम्परा एवं पहिचान रहन सक्दछ । हाम्रो मौलिकता बाँचेको अवस्थामा मात्र हामी आत्म गौरवका साथ बाँचिरहन सक्दछौं भनेका छन् ।

आफ्नै भूमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नूपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नुपर्ने पूर्वराजा ज्ञानेन्द्रको भनाई छ ।

यस्तो छ शुभकामना सन्देशः

ex king 12ex-king

Advertisement

Advertisement

Advertisement