आइएमई लाइफ इन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न

Advertisement

काठमाडौंः आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले देशभर ४० वटा शाखा कार्यालयहरु पूर्णरुपमा सञ्चालनमा आई ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्न आफूहरु सफल बताएको बताए ।

कम्पनीले आममानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा नविन योजनाहरु ल्याउने जानकारी गराएको छ । कम्पनीमा हालसम्म एक हजार २५४ अभिकर्ताहरुलाई जागरुक र प्रतिस्पर्धी बनाई व्यवसायमा सक्रिय रुपले सहभागी हुनेुगरी प्रविधिलाई उच्चतम प्रयोग गरेर बिमालेख जारी गर्ने काम हुँदै आएको जनाइएको छ ।

सभाले संस्थापक समूहबाट डा. रामहरि अर्याल, ईश्वरकुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी र विज्ञ स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुरलाई चयन गरेको छ । नवनिर्वाचित सञ्चालकहरुले आजै पदवहाली तथा शपथ ग्रहण गरे । आजै बसेको सञ्चालक समितिले अर्याललाई अध्यक्ष चयन गरेको सो कम्पनीले जनाएको छ ।

बीमा समितिको प्रावधानअनुसार २०७५ असारसम्म चुक्ता पुँजी कम्तीमा दुई अर्ब पु¥याउनु पर्ने प्रावधानअनुरुप सर्वसाधारणलाई शेयर जारी गरी पुँजी वृद्वि गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement