केसीलाई साधारण तारेखमा छोडियो, पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश

Advertisement

काठमाडौंः सर्वोच्च अदालतले प्राडा गोविन्द केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। अदालतको अवहेलना मुद्दामा पक्राउ परेका केसीलाई साधारण तारेखमा छोडन आदेश दिएको हो ।

सर्वोच्चले केसीको स्वास्थ्य अवस्था समेतलाई विचार गर्दापछि बुझ्दै जाँदा ठहरेबमोजिम सजाय हुने गरी हाललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। रिहा भएपछि उनी अस्पताल लगिएको थियो ।

उनका कानुन व्यवसायी डा सुरेन्द्र भण्डारीको जिम्मा छोडी बाँकी कारबाही गर्नु भन्ने कुरा आदेशमा उल्लेख गरिएको छ। सर्वोच्चको आदेशमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्रधानन्यायाधीश गोपाल पराजुलीले लिएका नागरिकताको प्रतिलिपि झिकाउन र न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु पनि झिकाउन आदेश जारी गरिएको छ।

साथै आजको आदेशमा प्राडा शशी शर्मा विपक्षी रहेको त्रिवि कुलपति तथा प्रधानमन्त्री समेत रहेको मुद्दामा गत पुस २३ गते आइतबारको भएको फैसला झिकाउन पनि सर्वोच्चले आदेशले आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधव बस्नेतले बहस गरेका थिए भने केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, गोपाल सिवाकोटीलगायतले बहस गरेका थिए।

सर्वोच्चको आदेशपछि प्रहरीले केसीलाई त्रिवि शिक्षण अस्प्ताल महाराजगञ्जबाट सोमबार राति पक्राउ गरेको थियो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनसन बसेका उनलाई पक्राउपछि मंगलबार सुनुवाइ भएपछि बुधबार बहस भएर
मुद्दाको फैसला भएको हो।

प्रधानन्यायाधीश पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा पक्राउ परेका केसी विरुद्ध न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुर्या‍एको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले अवहेलना मुद्दा प्रतिवेदन दिएका थिए।

उनले मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका थिए। सर्वोच्चले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का तत्कालीन डिन डा शशी शर्माको पुनरबहाली गर्न आइतबार परमादेश दिएपछि केसीले प्रधान न्यायाधीशविरुद्ध उत्रने निर्णय गरेका थिए ।

Advertisement

Advertisement

Advertisement