'इम्बोस्ड नम्बर’ प्लेटको जडान त सुरु भयो तर खोई ट्रयाकिङमसिन र रेडियो फ्रिक्वेन्सी ?

Advertisement

काठमाडौँ: सरकारले प्रक्रिया पूरा नगरी हतारमा सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर’ प्लेट जडान थालेको छ। ‘इम्बोस्ड नम्बर’ प्लेट जडान सुरु भए पनि सवारीसाधन जाँचका लागि आवश्यक पर्ने प्रविधि यातायात विभागले प्रयोगमा ल्याएको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

करिब पाँच सय सवारीसाधनमा ‘इम्बोस्ड नम्बर’ जडान भइसकेको छ । विभागले ‘इम्बोस्ड नम्बर’ प्लेट जाँचका लागि आवश्यक ‘ह्याण्ड बुक रिडर (नम्बर प्लेटमा रहेको सवारी विवरण ट्रयाकिङमसिन) र ‘आरएफआईडी’ (रेडियो फ्रिक्वेन्सी) गेटसमेत बनाएको छैन तर ‘इम्बोस्ड नम्बर’ प्लेट जडानमा तीव्रता दिइएको छ ।

विभागले ट्राफिक प्रहरीलाई ‘इम्बोस्ड नम्बर’प्लेट जडान भएका साधनलाई जाँच गर्दै कारबाही गर्न परेको अवस्थाका आवश्यक कुनै पनि प्रविधि उपलब्ध छैन । ट्राफिकले त्यस्ता सवारीको विवरण विभागमा पठाउनुपर्ने भएको छ।

विभागमा पहिलो चरणमा प्रदेश नम्बर ३ अन्तर्गतको वागमती अञ्चलमा दर्ता भएका सरकारी, संस्थान र निजी सवारीसाधानमा असरा मसान्तसम्म उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर’ प्लेट जडान अनिवार्य गरेको छ ।

विभागले चैत मसान्तसम्ममा सरकारी तथा संस्थानका चारपाङ्ग्रे सवारीसाधनमा ‘इम्बोस्ड नम्बर’ प्लेट जडना गर्न सूचना प्रकाशन गरिसकेको छ।

Advertisement

Advertisement

Advertisement