स्ट्याण्डर्ड चार्टर्डले शतप्रतिशत वोनस सेयर दिने

Advertisement

काठमाडौँ: स्ट्याण्डर्ड चार्टर्ड बैंकले शत प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कको बुधबार बसेको ३१ औं वार्षिक साधारणसभाले शतप्रतिशत वोनस सेयर पारित गरेको छ ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैङ्कको साधारणसभाले पारीत गरेको बोनस सेयर वितरण गरे पश्चात चुक्तापूँजी ८ अर्ब १ करोड रुपियाँ पुग्ने बैंकले जनाएको छ । बैङ्कले अधिकृतपूँजी वृद्धि गरी ९ अर्ब रुपियाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।

Advertisement

Advertisement

Advertisement