बाह्र बर्षमा मनाइयो भव्यताका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस (फोटो फिचर)

Advertisement

काठमाडौंः राष्ट्र निर्माता पुथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई हरेक बर्ष राष्ट्रिय एकता दिवसलाई पूर्ववतरुपमा मनाउन सुरु गरिएको छ । विसं. २०६२ ६३ को आन्दोलनपछि बनेको सरकारले क्रान्तिकारिता देखाउन बन्द गरेको यो दिवस आज बिहीबार वृहतरुपमा सम्पन्न भयो ।



राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरिएको हो ।

national-unity-day-prithivi-jayenti-2074कार्यक्रममा उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महत, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखका साथै राजावादी र पूर्वपञ्चहरुले शालिकमा माल्यार्पण गरे ।

national-unity-day-prithivi-jayenti-2074सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे जनस्तरबाट व्यापक विरोध हुँदै आएकोमा हालै शेरबहादुर देउवा नेतृत्वको सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै पुनः विदा दिने निर्णय गरेको थियो ।

national-unity-day-prithivi-jayenti-2074यो विदा पुनः दिन सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाको अहंम भूमिका रहेको छ । आजै काठमाडौंबाहेक मुलुकका अन्य भागमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइका समाचारहरु प्राप्त भएका छन् ।

national-unity-day-prithivi-jayenti-2074



Advertisement

Advertisement

Advertisement