उपत्यकामा बिहान र बेलुका वायु प्रदूषणको असर उच्च

Advertisement

काठमाडौँ: उपत्यकामा बिहान र बेलुका वायु प्रदूषण मात्रा खतराजनक अवस्थामा पुगेको छ ।

प्रदूषण अत्याधिक बढेपछि उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन थालेको छ ।

बिहान र बेलुका वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको न्यूनतम बिन्दुभन्दा निकै माथि पुगेको हो ।

उपत्यकामा गत असोज २१ गते बिहान ८ बजे हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा १६ माइक्रोग्राम प्रतिघनमिटर मात्र थियो ।

गत बुधबार (पुस २६ गते) बिहान ९ बजे भने हावामा पिएम २.५ को मात्रा बढेर प्रतिघनमिटर १८७ माइक्रोग्राम पुगेको छ ।

जुन सरकारी मापदण्ड भन्दा झन्डै पाँच गुणा बढी हो । आजको नागरिक दैनिकमा खबर छ ।

Advertisement

Advertisement

Advertisement