अवदेखि प्रत्येक त्रैमासिकको २५ गतेपछि पर्ने सार्वजनिक बिदा तथा शनिवार पनि बैंकहरु खोल्नै पर्ने

Advertisement

काठमाडौं: राजस्वबापत प्राप्त हुने रकम सङ्कलन तथा चेक क्लियरिङ गर्नका लागि सरोकार राख्ने सबै सरकारी कार्यालय तथा बैंकहरु अवदेखि असोज, पुस, चैत र असार महिनानाको अन्तिम साताको शनिवार तथा सार्वजनिक बिदाका दिन समेत कार्यालय सञ्चालन गर्नुपर्ने भएको छ ।

अर्थ मन्त्रालयको गत असोज १ गतेको बैठकको निर्णयानुसार मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले राजस्व सङ्कलन गर्ने प्रयोजनका लागि त्यस्ता दिन ती कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने व्यवस्था गर्न पत्र पठाएपछि नेपाल राष्ट्र बैंकले दुई दिन अघि यस्तो निर्देशन दिएको हो ।

सो निर्देशनपछि अब त्यस्ता कार्यालय र बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासिककोे २५ गतेपछिका दिनमा सार्वजनिक बिदा तथा शनिवार परे पनि कार्यालय खोल्नुपर्ने हुन्छ ।

यो बाध्यकारी व्यवस्था भएकाले अब त्यस्ता दिन आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय, भन्सार कार्यालय, राजस्व सङ्कलन गर्ने नेपाल राष्ट्र बैंकसहित राजस्वबापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि बैंकहरू तथा नेपाल क्लियरिङ हाउससमेत खुला हुनेछन् ।

यसअघि गत असोेजमा दशैं तथा सार्वजनिक बिदाको दिनसमेत बैङ्किङ सुविधा दिइएको थियो ।

बैंकले दशैंको नवमी र दशमीको दिनबाहेकका समयमा राजस्वबापत प्राप्त हुने चेक क्लियरिङका लागि त्यस्ता कार्यालय तथा बैंक वित्तीय संस्था खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

Advertisement

Advertisement

Advertisement