फर्स्ट माइक्रोफाइनान्सको हकप्रद सेयर सुनिश्चित गर्ने अन्तिम दिन माघ ८ गते

Advertisement

काठमाडौंः फस्र्ट माइक्रोफाइनान्स विकास बैंकको ५० प्रतिशत हकप्रद सेयरको बुक क्लोज माघ ९ (एक दिन) हुने भएको छ । नेपाल धितोपत्र बोर्डले माइक्रोफाइनान्सलाई २ः१ को अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर जारी गर्न अनुमपति दिएपछि संस्थाले बुक क्लोज माघ ९ गते गर्न लागेको हो ।

कम्पनीको हकप्रदका लागि माघ आठ गतेसम्म कायम रहने सेयरधनीले आवेदन दिन पाउनेछन् । तर, पुराना सेयरधनीलाई भने लाभांस पाउन कुनै समस्या हुने छैन । हकप्रदको बिक्री प्रबक्धकमा ग्लोबल आइएमई क्यापिटल रहने छ ।

संस्थाले बोनसपछि कायम भएको पूँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले असोजमा सम्पन्न साधारण सभाबाट गत बर्षको कमाईबाट सेयरधनीहरुलाई बोनस सेयर र सुन्य दशमलव ७९ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरि सकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड ६२ लाख ६३ हजार रुपियाँ रहेकोमा हकप्रद जारीपछि भने ६८ करोड ४३ लाख ९४ हजार ३०० सय रुपियाँ पुग्नेछ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ४१ लाख ३० हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement