खोटाङ यातायात व्यवसायी संघले एकैचोटी किन्यो १९ वटा टाटा सुमो

Advertisement

काठमाडौंः खोटाङ यातायात व्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरीद गरी जीप सेवा सुरु गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी संघलाई साँचोहरु हस्तान्तरण गरिएको नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।

टाटा मोटरका कन्ट्री म्यानेजर अजितनारायण सिंह र खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले संयुक्त रुपमा यस सेवाको शुभारम्भ गरे । पूर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको कम्पनीले जनाएको छ ।

संघका पदाधिकारीले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्च तान क्षमताले गर्दा आफ्नो रोजाइमा परेको बताएका थिए ।

Advertisement

Advertisement

Advertisement