जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न केसीलाई महतको चेतावनी

Advertisement

काठमाडौंः काँग्रेस डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन् ।’ स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सुधार अभियानमा लाग्दै आएका केसीलाई महतले त्यस्तो चेतावनी दिएका हुन ।

अदालतको विषयमा पार्टीको अडान हुन नहुने महतको भनाई थियो । उनले भने, ‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन्, यो गलत हुन्छ ।’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा मागेको विषयप्रति टिप्पणी गर्दै भने, ‘जहाँसम्म केसीको माग छ, राजिनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाािणत गर्नुपर्छ, सत्यता हो कि होइन भन्ने कुरा आउनुपर्छ ।’

आरोपका सत्यताहरु बाहिर आउनुपर्ने भन्दै महतले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय मागहरु पूरा गरिदिएको पनि जानकारी दिए ।

उनले भने, ‘केसीले उठाएका मेडिकल एडुकेशनसम्बन्धीका मागमा राम्रा कुराहरु छन्, तीनलाई सम्बोधन गर्न मैले पनि पहल गरेकै हो ।’ महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्यायपरिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने विषय भएको पनि स्पष्ट पारे ।

उनले भने, ‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन् ।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निष्पक्ष ढंगले काम गर्न दिनुपर्ने महतको भनाई छ ।

Advertisement

Advertisement

Advertisement