सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव हिमालयन बैंकको साधारणसभाबाट पास

Advertisement

काठमाडौंः हिमालयन बैंकको २५औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाले गत बर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र एक दशमलव ३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पास गरेको छ ।

यो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ११ करोड ४५ लाख पुग्नेछ । आउँदो माघ ४ गते २५औं बार्षिकोत्सव बनाउने तयारी गरेको हिमालयन बैंकले गत साउनसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी भएको बैंकले जनाएको छ ।

बैंकले यो वर्ष छ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने र सरकारको योजनाअनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दै जाने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement