डा. गोविन्द केसीले एकाएक अनशन तोडे, पराजुलीले राजीनामा दिनुपर्ने अडान कायमै

Advertisement

काठमाडौंः प्रधान न्यायाधीश गोपाल पराजुलीको माग गर्दै १४ औं पटक आमरण अनशनमा बसेका डा. गोविन्द केसीले एकाएक अनशन तोडेका छन् । प्रधानन्यायधीस पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा कमजोरी नरहेको तथ्य बाहिर सार्वजनिक भइरहेको बेला केसीले एकाएक सत्याग्रह स्थगित गरेका हुन ।

सत्याग्रह सुरु गरेको पाँच दिनपछि शनिबार बिहान साढे दश बजे त्रिवि शिक्षण अस्पताल बाहिर जुत्ता पालिस गर्ने सिरहाका ४८ वर्षीय नथुनियाँ मियाको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन्।

यद्यपि शुक्रबार स्वाथ्यमन्त्री दिपक बोहरा र केसीबीच सामान्य छलफलपछि पाँच बुँदे सहमति भएको थियो । पराजुलीको राजीनामालाई मुख्य माग बनाएका केसीले आफ्नो लडाईँ न्यायालय भित्र हुने चलखेल र भ्रष्टाचारविरुद्ध भएको भन्दै प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने र राजीनामा नदिए पुनः सत्याग्रहमा उत्रने चेतावनी कायमै राखेका छन् ।

Advertisement

Advertisement

Advertisement