राष्ट्र बैंकले आइतबार पाँच अर्ब ७५ करोडको ट्रेजरी बिल निष्कासन गर्ने

Advertisement

काठमाडौं: नेपाल राष्ट्र बैंकले पुस ३० गते आइतबार ५ अर्ब ७५ करोड रुपियाँ ट्रेजरी बिल निष्कासन गर्ने भएको छ ।
राष्ट्र बैंकले २ अर्ब २८ करोड रुपियाँ २८ दिने र ९१ दिनमा परिपक्व हुने गरी ३ अर्ब रुपियाँको ट्रेजरी बिल बोलकबोलबाट निष्कासन गर्न लागेको हो ।

जसअनुसार २८ दिने अवधिको ट्रेजरी बिल आगामी फागुन १ गते र ९१ दिने अवधिको ट्रेजरी बिल आगामी २०७५ वैशाख ४ गते परिपक्व हुनेछ ।

यसका लागि बोलकबोल पुस ३० गते दिउँसो २ बजे हुने भएको छ । बिलको वितरण भने माघ २ गते हुनेछ ।
राष्ट्र बैंकले यसअघि पुस ३ गतेपनि १३ अर्बको ट्रेजरी बिल जारी गरेको थियो ।

Advertisement

Advertisement

Advertisement