पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रद सेयर विक्री आइतबारबाट

Advertisement

काठमाडौँ: पोखरा फाइनान्स लिमिटेडले आइतबारदेखि हकप्रद सेयर विक्री खुला गर्ने भएको छ ।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १०० रुपियाँ मूल्यका नौं लाख ८३ हजार ६८२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले १०० बराबर १५ कित्ताका दरले आवेदन दिन पाउनेछन् । हकप्रदमा पुस ३० गतेदेखि फागुन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

फाइनान्सको चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ ।
हकप्रद आवेदन एनआईबीएल क्यापिटल, लाजिम्पाट काठमाडौं साथै शाखा कार्यालय लगनखेल ललितपुर, पोखरा फाइनान्सको न्य्ररोड पोखरा तथा सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायाणगढ, बुटवल र धनगढी साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ ।

Advertisement

Advertisement

Advertisement