निर्धन उत्थान बैंकको नाम परिवर्तन, बन्यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

Advertisement

काठमाडौँ: निर्धन उत्थान बैंक लिमिटेडको नाम आजबाट परिर्वतन भएर निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरिएको छ ।

कम्पनीको शनिवार सम्पन्न १९ औं साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीका अध्यक्ष गणेश बहादुर थापाको अध्यक्षतामा सम्पन्न सभाले ६६ दशमलव ६७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १४ दशमलव शून्य ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले लेखा परीक्षकमा श्री आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गरी पारिश्रमिक पाँच लाख निर्धारण गरेको छ ।

बैंको चुक्तापूँजी ६० करोड रुपियाँ रहेकोमा यस साधारणसभामा प्रस्तावित बोनश सेयर ६६ दशमलव ६७ प्रतिशतका दरले ४० करोड बोनश सेयर वितरण गर्न स्वीकृति अनुमोदन भएपछि बैंकको चुक्तापूँजी १ अर्ब पुगेको छ ।

बैङ्कले सभाबाट तय गरेका केहि लक्ष्यहरु यस्ता छन् -

- ३० हजार ६ सय भन्दा बढी सदस्य थप गरी ३ लाख २७ हजार ग्राहकलाई सेवा पुर्‍याउने,
- सदस्य र ऋणीको अनुपात समीक्षा अवधिको ६९ प्रतिशतलाई वृद्धि गरी कम्तिमा ७० प्रतिशत पु¥याउने अर्थात कम्तिमा २ लाख २९ हजार ऋणी सङ्ख्या पुर्‍याउने ।
- लगानीमा रहेको कर्जा रू. ३ अर्ब २५ करोड ६३ लाखले वृद्धि गरी १५ अर्ब ५८ करोड ४७ लाख पुर्‍याउने,
- बचत तथा निक्षेप रू. २ अर्ब ५ करोड २१ लाख वृद्धि गरी रू. ८ अर्ब २८ करोड २८ लाख पुर्‍याउने ।
- ३० दिनभन्दा बढीको कर्जा जोखिम रकम ०.३९ प्रतिशतलाई घटाएर ०.२४ प्रतिशतमा ल्याउने, आदि ।

Advertisement

Advertisement

Advertisement