साँढे २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै नेरुडे लघुवित्तको साधारण सभा सम्पन्न

Advertisement

विराटनगर: नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको ११ वार्षिक साधारणसभाबाट १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेसंगै सम्पन्न भएको छ । सभाले सम्पूर्ण सेयरधनीहरूलाई आ.व. २०७३/७४ को वितरण योग्य मुनाफावाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय प्रस्ताव पारित गरेको छ ।

शनिवार उद्योग सङ्गठन मोरङको हलमा आयोजित साधारणसभामा बैंकका प्रबन्ध सञ्चालक मणि कुमार अर्यालले बैंकको चुक्तापूँजी ३४ करोड ५७ लाख ८० हजार पुगेको जानकारी दिए ।

बैकको सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाले आर्थिक वर्ष २०७३/०७४ मा बैंकले ९ करोड ४३ लाख १ हजार ९ सय १२ रुपियाँ ५८ पैसा खुद मुनाफा आर्जन गरेको जानकारी दिए ।

सोही अवधिमा बैंकले तीन अर्ब ९ करोड ऋण लगानी गर्नुका साथै एक अर्व १३ करोड बचत सङ्कलन गरेको अध्यक्ष धमलाले बताए ।

उक्त साधारणसभाले सर्वसाधारण सेयरधनीहरु मध्येबाट सुधिर कुमार श्रेष्ठ र पञ्चलाल साहलाई बैंकको सञ्चालकमा सर्वसम्मत चयन गरेको छ ।

Advertisement

Advertisement

Advertisement