सेनाले बनाउदै गरेको 'फास्ट ट्रयाक' आयोजना निरीक्षणपछि मन्त्रीको यस्तो प्रतिक्रिया

Advertisement

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

बाराको निजगढमा जोडिने सो दु्रतमार्गको कामको स्थलगत निरीक्षण गर्न नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाणसहित निजगढ आएका उनले फास्ट ट्रयाक निर्माण देशका लागि ठूलो चुनौती रहे पनि कार्यप्रगति हेर्दा सन्तोष मिलेको प्रतिक्रिया दिए ।

‘फास्ट ट्रयाक निर्माण कार्यप्रगति उपलब्धिमूलक रहेको देखिएको छ,’ मन्त्री बलायरले भने, ‘यस आयोजनालाई समयमै सम्पन्न गर्न सबै गम्भीर रहनु आवश्यक छ ।’ उनले फास्ट ट्रयाक तथा अन्य महत्वपूर्ण आयोजना सम्पन्न गर्न आन्तरिक तथा बाह्य प्राविधिक, स्थानीय जनता, सरकार सबैको सहयोग आवश्यक पर्ने बताए ।

यस्तो हुनेछ फास्ट ट्रयाक
फास्ट ट्रयाकलाई चार लेनको आधुनिक तथा सुविधासम्पन्न सडक बनाउने सरकारको योजना छ । ७६ दशमलव २ किलोमिटर लामो सडक पहाडी क्षेत्रमा २३ र तराईमा २५ मिटर चौडाइको हुनेछ । उक्त मार्गमा ९९ सयवटा पुल निर्माण गरिनेछ । सडक ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली, इपागढी, छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ । यसअघि ट्रयाक खोल्ने काम पनि सेनाले नै गरेको थियो ।

Advertisement

Advertisement

Advertisement