जेबिल्सको नबिकेको ३ दशमलव ५७ प्रतिशत हकप्रद सेयर माघ ७ देखि बिक्री खुल्ने

Advertisement

काठमाडौंः जेबिल्स फाईनान्सले तीन लाख ७२ हजार ४२७ (३ दशमलव ५७ प्रतिशत) कित्ता हकप्रद सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । जेबिल्सको लिलामीमा सेयर किन्नका लागि लगानीकर्ताले माघ ७ गतेदेखि माघ १४ गतेसम्ममा बोलपत्र फारम पेश गर्नपर्नेछ ।

कम्पनीले संस्थापक सेयरधनीका लागि दुई लाख ९८ हजार २२० कित्ता सेयर र सर्वसाधरणको लागि ७४ हजार २२० कित्ता सेयर लिलामीमा ल्याएको हो । कम्पनीले आसोज १ गतेदेखि कात्तिक २० गतेसम्म खुला गरेको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयर बिक्रीबाट बाँकी रहेको सेयर अहिले बिक्रीमा ल्याएको हो ।



न्युनतम एक सय रुपियाँ तोकिएको कम्पनीको सेयरमा आवेदकले एक सय रुपियाँलाई आधार मानेर आवेदन दिन सकिने छ । संस्थापक तर्फ भने न्युनतम एक हजार कित्तादेखि माथि र सर्वसाधारणका लागि एक सय कित्ताबाट माथिका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धमा सनराइज क्यापिटल, कमलपोखरी साथै सनाराइज बैंकको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, बुटवल र
धनगढी शाखाबाट आवेदन दिन सकिनेछ । कम्पनीको चालु आवको पहिलो त्रैमासम्ममा चुक्ता पूँजी ३८ करोड ६३ लाख ३३ हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement